हाम्रो बारे

नेपाल आफैमा संमृद्ध छ त्यसमध्ये नेपालको कला, धर्म, संस्कृति को श्रीबृद्धि तथा उत्थान गरी सबैको कल्याणहेतु सनातन धर्मको श्रीबृद्धि गरी देशमा मंगलहुने कार्यहरु गर्न जरुरत रहेको यो अवस्थामा कला, गीत, संगीत, भाषा, धर्म संस्कृति लगायतका मानव सभ्यताका मूल्यवान निधिहरु लाई उत्थान तथा विकास गरी ती सम्पतिको माध्यामबाट समाजलाई पुन्य हुने, असायहलाई सहयोग हुने, रोगीलाई उपचार मिल्ने, बृद्धबृद्धालाई आत्मसम्मान तथा आश्रय मिल्ने, अविकासबाट विकास तर्फ समाजलाई प्रेरित गर्ने पवित्र उद्धेश्य राखी संघ संस्था ऐन २०३४ अनुसार मंगलदीप ट्रष्ट नेपाल नामक संस्थाको स्थापना गरी यो विधान तयार पारिएको छ ।

उदेश्यहरू

  • क) यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
  • ख) संगीत, कला, साहित्यको माध्यामबाट समाजिक सेवाका कार्यहरुमा योगदान दिनु
  • ग) सनातन धर्मको बैज्ञानिक पक्षलाई उजागर गर्दै सो सम्वन्धी गोष्ठी, सेमिनार तथा समाह्रोहको आयोजना गर्दै समाज विकासलाई टेवा पु¥याउनु
  • घ) असक्त, महिला, बृद्धबृद्धा तथा पिडित व्यक्तिहरुको सहयोग तथा उद्धार गर्नु
  • ड.) नेपाली समुदायलाई नेपालको सामाजिक कार्यमा प्रेरित गर्ने प्रकारका कार्यक्रमहरु संचालन गर्नु