सिप विकास केन्द्र इलामको फिक्कलमा स्थापना हुने

मंगलदिप ट्रष्ट नेपालले स्थापना गर्ने भनिएको सिप विकास केन्द्र इलामको फिक्कलमा स्थापना गरिने भएको छ । ट्रष्टकी अध्यक्ष भक्तकुमारी गदालले दान गर्नु भएको करिब डेढ रोपनी जग्गामा केन्द्रको स्थापना गरिने भएको छ । केन्द्रको भवन निर्माण तथा तालिमको सुरुवात गर्नका लागि ट्रष्टले यहि बैशाख १८ गते देखी २४ गते सम्म पशुपती क्षेत्रस्थित माधवराज सुमार्गी भवनमा श्रीमद्भागवत सप्ताह महायज्ञ आयोजन गर्न गइरहेको छ ।